logo-img

देशभर बम विस्फोट र आगजनी, तर गृह भन्छ– सुरक्षाको अवस्था आफ्नो नियन्त्रणमा छ

काठमाडौं– आइतबार साँझ काठमाडौंमा शृङ्खलाबद्ध विस्फोट भयो । विस्फोटमा तीन जनाको मृत्यु भयो । केही घाइते भएका छन् । घाइते कतिपयको अवस्था गम्भीर रहेको बताइएको छ ।

सोमबार विहानैबाट देशभर विभिन्न स्थानमा बम विस्फोट भएको, बम भेटिएको तथा सवारी साधनमा आगजनी भएको समाचार आइरहेका छन् । काठमाडौं, हेटौँडा, पोखरा, काभ्रे, सुर्खेतलगायतका ठाउँमा जनजीवन त्रसित भएको छ । तर, गृहमन्त्रालयले भने सुरक्षा अवस्था आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । 

सरकारले प्रतिबन्ध लगाएको नेत्र विक्रम चन्द विप्लव समूहले आफ्ना कार्यकर्ता प्रहरीद्वारा मारिएको आरोपमा १३ गते ‘नेपाल बन्द’ आह्वान गर्यो । उनीहरुले यही कारणले विभिन्न स्थानमा विस्फोट तथा तोडफोड गरिरहेका छन् । 

तर, गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘आइतबार साँझ बसेको आपतकालीन गृहमन्त्रलायको बैठकपछि ७७ जिल्लामा नै सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिइएको छ, आवश्यक परे थप सुरक्षाकर्मी परिचालन गर्नेबारे निर्णय भएको छ ।’ 

गृह मन्त्रालयका सचिव प्रेम राइले पनि सुरक्षा अवस्था पूर्ण रुपमा आफूहरुको नियन्त्रणमा रहेको र कोही पनि आत्तिनु नपर्ने बताएका छन् ।

अर्कोतिर, आइतबारको विस्फोटको त्रास र सोमबार विप्लव समूहले आह्वान गरेको बन्दका कारण काठमाडौं उपत्यकामा मात्र होइन, देशभर सवारी साधन अत्यन्त कम चलेका छन् ।






  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार ९:३७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया