logo-img

काठमाडाैं विस्फाेटपछि विप्लवका १२ कार्यकर्ता पक्राउ

काठमाडौं– आइतबार साँझ काठमाडाैंमा बम विस्फाेट भएपछि अहिलेसम्म प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेकपाका १२ जना कार्यकर्तालाइ पक्राउ गरेको छ। नेपाल प्रहरीका प्रवक्ता डिआईजी विश्वराज पोखरेलका अनुसार काठमाडौंकाे कोटेश्वरबाट ओखलढुंगाका ४१ वर्षीय बुद्धिबहादुर सुनारसहित ७ जना पक्राउ परेका छन्।

त्यस्तै झापाबाट दलित मुक्ति मोर्चाका इन्चार्ज गणेश कुमार विक पक्राउ परेका छन्। अर्जुनधारा नगरपालिका १  झापाका २९ वर्षीय चन्द्र बोहरा गाैशालाबाट पक्राउ परेका छन्। 

त्यसैगरी नुवाकोट विदुर नपा ११ का १८ वर्षीय विक्रम तामाङ, १८ वर्षीय अनिल रानामगर, १९ वर्षीय कृष्ण आलेमगर, २१ वर्षीय राज थापा मगरलाई सोमबार विहान  पक्राउ गरी प्रहरी प्रभाग मंगलबजार ललितपुरमा राखिएको छ।



यसैगरी साेमबारका लागि घाेषणा गरिएकाे नेपाल बन्दपछि प्रहरी र नेपाली सेनाको टोलीले आइतबार र साेमबार ललितपुर, काठमाडौं, नवलपरासी, मकवानपुर र कास्की, दार्चुला र सर्लाही गरी ७ जिल्लाको ८ ठाउँमा राखिएको बम निष्क्रिय बनाइएको छ।

आइतबार साँझ विप्लव नेतृत्वको नेकपाले राखेका सुकेधारा र अनामनगरमा बम बिस्फोट हुँदा ४ जनाको मृत्यु भएको छ भने ८ जना घाइते छन्। 

नेपाल प्रहरीले थप क्षति हुन नदिन र आम नागरिकलाई निर्धक्क भएर हिँडडुल गर्न वा काममा जान मिल्ने गरी सुरक्षा व्यवस्था कडा पारिएकाे बताएकाे छ । 






  • प्रकाशित मिति : जेठ १३, २०७६ साेमबार ११:३२:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया