logo-img

इलाम-२ मा कांग्रेसभन्दा एमाले २२ सय बढी मतले अगाडि, घण्टीमाथि मुढा हाबी

इलाम क्षेत्र नं.२ उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजारभन्दा बढी मतको अग्रता बनाएका छन् ।

आइतबार दिउँसोबाट प्रारम्भ भएको गणनामा सोमबार बिहानसम्म नेम्वाङले ७ हजार ६७७ मत ल्याएका छन् । यस्तै, नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले ५ हजार ३९५ मतसहित पछ्याइरहेका छन् । 

खड्का र नेम्वाङबीचको मतान्तर २ हजार २ सय २८ छ । त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ४ हजार ५८, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बूले १ हजार १६२ मत पाएका छन् । 

नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले २३५, मंगोल नेशनल अर्गनाइजेसनका मनिबहादुर लिम्बूले १८४, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ४४, राष्ट्रिय प्रजातन्त्र पार्टीकी लक्ष्मी गुरुङले ४३, नेपाली जनता दलका रेशमबहादुर सुनारले ३९ मत पाएका छन् ।

इलाममा कुल १ लाख १५ हजार ८८९ मतदाता रहेकोमा यो निर्वाचनमा ६९ हजार २८७ मत खसेको छ । त्यसमध्ये सोमबार बिहानसम्म १८ हजार ९४८ मत गणना भएको छ । 

अढाई दशकदेखि निरन्तर निर्वाचित हुँदै आएका पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत २७ भदौमा निधन भएपछि इलाम–२ मा उपनिर्वाचन भएको हो । 



इलाम–२ मा १२ दल र सातजना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । गत निर्वाचनमा नेम्वाङले कांग्रेसका खड्कालाई १ सय १४ मतको झिनो अन्तरले हराएका थिए । 



  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ७:३४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया