logo-img

इलाम उपनिर्वाचन : एमालेका नेम्वाङको अग्रता कायमै, रास्वपाका लिम्बू चौथो स्थानमा
फाइल तस्बिर

इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । सो क्षेत्रमा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । 

पछिल्लो मत परिणामअनुसार उनले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् । यस्तै, दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ५ हजार तीन सय ९५ मत प्राप्त गरेका छन् । 

यस्तै, स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ४ हजार ५८ तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलनकुमार योङहाङ लिम्बूले १ हजार १ सय ६२ मत प्राप्त गरेका छन् । 

हालसम्म १९ हजार एक सय ८१ मत गणना सम्पन्न भएको छ । सोक्रममा २ सय ३३ मत बदर भएको छ । पछिल्लो समय फाकफोकथा गाउँपालिकाका सबै र चुलाचुली गाउँपालिकाका पाँच वडाको मत गणना सकिएको छ । अहिले चुलाचुली गाउँपालिका–६ को मतगणना जारी छ ।

१ लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २ सय ८७ मत खसेको थियो । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा छन् । 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ६:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया