logo-img

उपनिर्वाचन अपडेट : बझाङमा पछि पर्‍यो एमाले, कांग्रेसको अग्रता
फाइल तस्बिर

बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेपाली कांग्रेसले अग्रता लिएको छ । सुरुवातमा नेकपा एमालेका दमन भण्डारीले अग्रता लिए पनि पछिल्लो मत गणनाअनुसार नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् । 

सिंहले ७ हजार ४९२ मत र एमालेका भण्डारीले ७ हजार २२८ मत पाएका छन् । तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले २ हजार ८९५ मत पाएका छन् । 

यस्तै, चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दीलबहादुर सिंहले २ हजार १०२ मत प्राप्त गरेका छन् । राप्रपाका किशोर खड्काले १ सय ८२ मत पाएका छन् ।

गत शनिबार भएको उपनिर्वाचनमा कुल ६१ हजार ७४८ मतदातामध्ये ३० हजार ३ सय २८ जनाले मतदान गरेका थिए । नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी मृत्यु भएपछि यहाँ उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा विभिन्न दलका ११ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । 





  • प्रकाशित मिति : वैशाख १७, २०८१ साेमबार ६:३९:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया