logo-img

सामूहिक राजीनामा दिने तयारीमा नेपाल एयरलाइन्सका दुई दर्जन पाइलट

काठमाडौं– नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले एकसाथ सामूहिक राजीनामा दिने चेतावनीसहितको पत्र व्यवस्थापनसमक्ष बुझाएका छन् । २० जना पाइलटले हस्ताक्षर गरेर व्यवस्थापनलाई  ‘राजीनामा नोटिस’ लेखिएको चेतावनी पत्र बुझाएका हुन् । 

नेपाल एअरका ए ३२० र ए ३३० जहाज जहाज उडाउने २ दर्जन पाइलटले बिहीबार साँझ व्यवस्थापनसमक्ष लिखित पत्र बुझाएका हुन् । उनीहरुले नेपाल एयरलाइन्समा सेवा–सुविधा कम भएको, विदेशी र स्वदेशी पाइलटलाई विभेद भएको भन्दै राजीनामाको चेतावनी दिएका हुन् ।

अन्तर्राष्ट्रिय उडानका जहाज उडाउने उनीहरूले ३ महिनामा माग पूरा नभए राजीनामा दिने उल्लेख गरेका छन् । निगमका पाइलट लामो समयदेखि सेवा–सुविधाको विषयलाई लिएर रुष्ट थिए ।

निजी क्षेत्रको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले एयरबस थप्ने तयारी गरिरहेको छ । सोही समयमा पाइलटहरुले सामूहिक राजीनामा दिए भने राष्ट्रिय ध्वजावाहकलाई निगमलाई धक्का पुग्ने ठानिएको छ । व्यवस्थापनबाट राजीनामा स्वीकृत भएमा निगमका अन्तर्राष्ट्रिय उडान प्रभावित हुनेछन् ।

नेपाल वायु सेवा निगमका मदन खरेलले पनि निगमको कार्यकारी अध्यक्ष पदबाट राजीनामा दिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मन्त्रालयकै सचिव केदारबहादुर अधिकारीलाई अध्यक्षको जिम्मेवारी दिएका छन् ।



 



  • प्रकाशित मिति : माघ १०, २०७६ शुक्रबार ११:३६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया