logo-img

नेपाली लिन चीन गएका पाइलट र चालक दलका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि

काठमाडौं– चीनमा कोरोना भाइरस संक्रमण फैलिएपछि उनीहरुलाई वुहानबाट नेपाल ल्याउने काममा संलग्न पाइलट र चालक दलका सदस्यमा कोरोना संक्रमण नभएको पुष्टि भएके छ । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार उनीहरुको आइतबार प्राप्त स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना संक्रमण नदेखिएपछि उनीहरु पूर्ण स्वस्थ रहेको  पुष्टि भएको हो । 

सरकारले पाइलट र चालक दलका सदस्यसहित १८ जनालाई नगरकोटस्थित खानेपानी मन्त्रालयको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखेको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगालाले उनीहरुको स्वास्थ्य परीक्षणको नमुना शनिबार लिएको थियो ।

चीनबाट उद्धार गरिएका १ सय ७५ जनालाई भने खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको स्वास्थ्य परीक्षणको नतिजा भने सोमबार मात्र आउनेछ ।





  • प्रकाशित मिति : फागुन १८, २०७६ आइतबार १८:२६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया