logo-img

वामदेव गौतमले भने– मलाई कुनै ह्विप लाग्दैन

नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतम नेकपा एमालेको संसदीय दलको बैठकमा सहभागी भएका छन् । नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठकमा गौतम पुगेपछि नेकपा एमालेमा नयाँ तरंग सिर्जना भएको छ । संसदीय बैठकमा चाहिँ आफूलाई कुनै दल वा समूहको ह्विप नलाग्ने गौतमले बताएका छन् ।

आफू राष्ट्रिय सभामा सभापतिबाट मनोनित भएकोले आफूलाई दलको ह्विप नलाग्ने उनले बताएका हुन् ।

‘म दलको निर्देशनभन्दा बाहिर जान्नँ,’ उनले संसदीय दलमा भनेको कुरालाई एक सांसदले फरकधारसँगको कुराकानीमा उद्धृत गरे, ‘मलाई कुनै पनि दलको ह्विप लाग्दैन ।’

उनले आफू प्रतिनिधिसभा विघटन तथा अविश्वासको प्रस्तावको समर्थनमा नरहेको पनि बताएका छन् । 

‘म सधैं पार्टी एकताको पक्षमा थिएँ,’ गौतमले भने, ‘अहिले अब एमाले ब्यूँतिएको छ, त्यसले मलाई खुसी नै दिएको छ ।’






  • प्रकाशित मिति : चैत ७, २०७७ शनिबार १४:२२:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया