logo-img

मुख्यमन्त्री भएलगत्तै पोखरेलले लिए दुई महत्वपूर्ण निर्णय

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिएसँगै दुई महत्वपूर्ण निर्णय लिएका छन्। 

शनिवार मुख्यमन्त्रीको शपथपछि पोखरेलले मनसुनको विपद्बाट हुने जनधनको क्षति कम गर्न प्रतिकार्य योजना तयार गर्ने निर्णय गरेका छन्। 

साथै उनले स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउने निर्णय समेत गरेका छन्।

नेपाली कांग्रेस गण्डकी प्रदेशसभाका संसदीय दलका नेता पोखरेल माओवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाको समर्थनमा शनिबार मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 

प्रदेशसभामा ३१ सांसदको हस्ताक्षर पेस गरेका उनलाई गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले मुख्यमन्त्री नियुक्त गरेकी हुन्। 

बिहीबार प्रदेशसभामा विश्वासको मत पाउन असफल भएपछि पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । 






  • प्रकाशित मिति : जेठ २९, २०७८ शनिबार २२:९:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया