logo-img

बाइडेन–सी वार्ताः विवादित विषयमा छलफल

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बहुप्रतिक्षित भर्चुअल बैठक सम्पन्न भएको छ । 

बैठकमा दुबै देशका नेताहरुले दुई देशबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने बाचा गरेका छन् ।

भर्चुअल बैठकलाई सुरुमा सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले चीन–अमेरिका सम्बन्धलाई द्वन्द्वमा रुपान्तरण गर्न नहुने धारणा राखेका थिए । 

जवाफमा चीनका राष्ट्रपति सीले अमेरिका–चीन सम्बन्धलाई सकरात्मक दिशातार्फ लैजान बेइजिङ तयार रहेको बताए । 

बाइडेनलाई ‘मेरो पाको मित्र’ भनेर सम्बोधन गर्दै राष्ट्रपति सीले दुई प्रतिद्वन्द्वी देशले मिलेर काम गर्नुपर्ने बताएका थिए । 

त्यसपछि बाइडेनले एक अर्कासँग बढी औपचारिक हुनुपर्ने भन्दै यसअघि इमान्दारीपूर्वक टेलिफोन वार्ता भएको स्मरण गरेका थिए । जवाफमा राष्ट्रपति सीले दुई शक्तिशाली देशले एक आपसमा सहकार्य गर्दा दुबै देशलाई फाइदा हुने बताएका थिए । 



‘चीन र अमेरिकाले सञ्चार र सहकार्यलाई जोड दिनुपर्छ’, उनले भने ।

राष्ट्रपति बाइडेनले मानवअधिकार र हिन्द महासागर क्षेत्रका मुद्दालाई उठाएपछि राष्ट्रपति सीले दुबै देशले एक अर्कालाई सम्मान गर्ने र स्थिर सम्बन्ध आवश्यक भएको जवाफ दिएका थिए ।



उनीहरुबीच ताइवानको विषयमा पनि कुराकानी भएको थियो । एक साताअघि अमेरिकी सांसदको प्रतिनिधिमण्डलले ताइवान भ्रमण गरेको थियो । 

भ्रमणको चीनले विरोध गरेको थियो । त्यस अगाडि चीनले ताइवानको हवाई आधारमा लडाकु विमान उडाएको थियो । त्यसको ताइवान र अमेरिका दुबैले विरोध गरेका थिए । चीनले ताइवानमाथि हमला गरे अमेरिकाले प्रतिरोध गर्ने चेतावनी दिँदै आएको छ ।

  • प्रकाशित मिति : कात्तिक ३०, २०७८ मंगलबार ९:४२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया