जुम्लाको पातारासीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन्
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार दुर्घटना परेकामध्ये एकको मृत्यु भएको हो । मृत्यु हुनेमा पातारासी गाउँपालिका–७ रिनी निवासी ४६ वर्षीया दन्दकली बोहोरा रहेको अपस्तालले जनाएको छ ।
बोहोराको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुग्नु अगावै मृत्यु भइसकेको उपकुलपति डा मङ्गल रावलले जानकारी दिए ।
घाइतेमध्ये दुई गम्भीर घाइते रहेका प्रतिष्ठानले जनाएको छ । गम्भीर घाइते एक महिला र पुरुषको ठेगानासमेत खुल्न सकेको छैन ।
पातारासी गाउँपालिका लासीबाट उर्थुतिर आउँदै गरेको ग१झ ५८८४ बलेरो पिकअफ दुर्घटना भएको घटनास्थलबाट फर्किएका सशस्त्र प्रहरी ३३ नं गणका एसपी गगन श्रेष्ठले जानकारी दिए । घटनास्थलमा प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्इंसमेत पुगेर फर्किएका छन् ।
प्रहरीका अनुसार अन्य घाइते हुनेमा पातारासी–३ का १९ वर्षीया रुपा बोहोरा, पातारासी–३ महरी गाउँका ४९ वर्षीय गोर्ख बुढा, पातारासी–३ माथी लोर्पाका ५२ वर्षीय सिंहरुप बोहरा, पातारासी–६ जम्नका छ वर्षीय पुस्कर विष्ट र पातारासी–७ रिनी बस्ने १० वर्षीय कमल बोहरा रहेका छन् ।
घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उपचारमा उपकुलपति रावलसहितको चिकित्सकीय टोली खटिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।