नेकपा एमालेका उपमाहासचिव घनश्याम भूसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् ।
चितवनमा जारी १०औँ महाधिवेशनमा शनिवार उनले उम्मेदवारीको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजिक संजाल फेसबुकमार्फत उम्मेदवारीको घोषणा गरेका छन् ।
उनले दलाल पुँजीको अन्त्य र राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादको तयारी गरौं, सामूहिकता, विधि र विचारसहित नेकपा एमालेको पुनरोदय गरौं भन्दै उम्मेदवारी दिने घोषणा गरेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।