logo-img

काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा घले र राणा नियुक्त

काठमाडौं जिल्ला क्रिकेट संघले रिक्त रहेको तीन सदस्यको पदमध्ये दुईमा दिवाकार घले र किरण राणालाई नियुक्त गरेको छ । संघले दोस्रो वार्षिक साधारणसभाले रिक्त रहेको साे पदमा घले र राणालाई नियुक्त गरेको ​ हो ।

त्यस्तै, सभाले संघको सल्लाहाकारमा ठाकुरप्रताप थापासहित तीन जनालाई नियुक्त गरेको छ । कार्यक्रममा संघका अध्यक्ष अमित पाण्डेले काठमाडौं सधैं नेपाली क्रिकेटको उर्भरभूमिका रूपमा क्रियाशील रहँदै आएको र आगमी दिनमा पनि रहने विश्वास व्यक्त गरे । 

‘हामीले कोभिड–१९ को महामारीका कारण पछिल्लो दुई वर्ष केही कार्यक्रम गर्न सकेनौं,’ पाण्डेले भने, ‘अवस्था सामान्य बन्दैछ । अब हामी उहीँ जोश र जागरका साथ अघि बढ्छौं ।’

त्यस्तै, संघका सचिव बसन्त राज सत्यालले संघको भावी योजना प्रस्तुत गरे । ‘हामी नेपाल क्रिकेट संघ क्यानसँगको सहकार्यमा विभिन्न प्रतियोगिताहरू सञ्चालन गर्नेछौं,’ उनले भने, ‘हामीले ग्रासरुट कार्यक्रमअन्तर्गत जुनियर छात्र र छात्रा क्रिकेट प्रतियोगिता आयोजना गर्ने तयारी गरेका छौं । हामी मंसिर २९ गतेबाट जिल्लास्तरिय प्रतियोगिता गर्दैछौं । छिट्टै क्रिक्रेट एकेडेमी सञ्चालन पनि गर्ने लक्ष्यमा छौं ।’  





  • प्रकाशित मिति : मंसिर २६, २०७८ आइतबार १२:२३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया