पछिल्लो समय ‘इन्टरनेसनल एजुकेसन’मा नै सन्देह सुरु हुन थालेको छ । अब त यो आवश्यकताको कुरा हो या होइन भन्ने पनि कुरा आउन थालेको छ । अब म अपडेट हुन सकिने भने कसरी ‘सस्टेन’ हुने भन्ने विषयमा पनि हामीले सोच्नु पर्ने अवस्था आउन थालेको छ । सबैभन्दा पहिले यसका लागि हाम्रो इन्डस्ट्रीको रेगुलेसन हुनु आवश्यक छ ।
हामीले स्वघोसित रुपमा यसलाई उद्योग भनेका छौँ तर सरकारले यसलाई रेगुलेसन गरेको छैन, गर्न सकेको छैन । हुनसक्छ, कतिपय अवस्थामा रेगुलेसन नगरेको पनि राम्रै त हो । रेगुलेसन हुँदा हामीमाथि थप कडाइ हुनसक्छ भन्ने पनि हुन्छ तर हामीले रेगुलेसन गरिदिनु भनेर आग्रह नै गर्दा पनि सरकारले नजरअन्दाज गरिरहेको छ ।
सरकारले कन्ट्रोल नगर्ने र हामी आफैंले सेल्फ कन्ट्रोल गरेर केही नभएको यो समयमा हाम्रो सेक्टरमा त्यति सहज देखिएको छैन । पोलिसी र रेगुलेसन छैन, चेन्ज हामीले आफैं गर्नु पर्ने हो । यो परिवर्तनका लागि कोभिडले पनि हामीलाई पाठ सिकाएको छ । तर, यदि म आफैं अपडेट भइएन भने यो क्षेत्रबाट बिदा हुनुपर्छ भन्ने पनि हामीले बिर्सनु हुँदैन । यसका समस्या र चुनौतीको समाधानका लागि मैले देखेको अन्तिम विकल्प वा समाधान भनेको एकता हो । तर, अहिले पनि दर्ता भएकामध्ये पनि केवल ६–७ सय मात्र हाम्रो हातमा छन् । हामीभन्दा बाहिर ३६ सयको हाराहारीमा शैक्षिक परामर्शदाता कम्पनी रहेका छन् । अनि यो समयमा हामीले हामीमा एकता देखाउनु पर्ने हुन्छ ।
हिजो जसरी नेपालका विभिन्न जिल्लाबाट काठमाडौंमा सन्तती पठाउने रहर थियो, लहर थियो, त्यो अहिले विदेश पठाउनका लागि चलिरहेको छ । अहिले विदेश पढ्न जानेको संख्या मात्र धेरै होइन, पढेर फर्किनेको संख्या पनि उल्लेख्य छ । अहिले विद्यार्थीमा धेरै परिवर्तन आइसकेको छ, धेरै चेन्ज आइसकेको छ । अब हामीले पनि यो क्षेत्रको सुधारका लागि परिवर्तन ल्याउनु आवश्यक छ । यसमा विभिन्न चुनौती छन्, तर हामीले ती चुनौतीको सामाना गर्नुपर्छ । त्यसका लागि हामीबीच पहिले एकता देखिनु पर्छ ।
हामीले ठिक गरिरहेका छौँ, हामीले गरेका कामहरु ठिक छन् । सँगसँगै सरकारले गर्नु पर्ने कामहरु धेरै छन्, धेरै कुराहरु अब गरिनु पर्छ । हामीले राज्यको लागि एउटा जिम्मेवार नागरिकको हिसाबले गर्ने कामहरु बाँकी पक्कै छन् ।
त्यसैले यो क्षेत्रमा सुधार ल्याउनका लागि हामी अपडेट हुनुपर्छ, राज्य अपडेट हुनुपर्छ र सरोकारवाला सबै निकाय अपडेट हुनुपर्छ । केही कुराहरुमा परिवर्तनको पनि आवश्यकता छ, जस्तो सोचमा । बाहिर जानु भनेको रेमिट्यान्स आउनु मात्र होइन, त्यहाँको कल्चर, सँस्कृतिका कुराहरु पनि सिक्नु हो । विश्वभर नेपालबाट गएका विद्यार्थीहरुले त्यहाँ नेपालको नाम पनि बढाएका छन्, नेपालको झण्डा फहराएका छन् । यसलाई हामीले पोजिटिभ रुपमा पनि लिनुपर्छ ।
हामी अब अगाडि बढ्नका लागि अपडेट हुँदैछौँ, राज्य संयन्त्रले पनि आफूलाई अपडेट गराएर अगाडि बढाउनु पर्छ ।
(पराजुली आइरिनका अध्यक्ष हुन् ।)
भिडियाे:
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।