logo-img

प्रधानमन्त्री कप आजबाट, पहिलाे दिन चार खेल हुने
फाइल फाेटाे

प्रधानमन्त्री (पिएम) कप राष्ट्रिय पुरुष टी-२० क्रिकेट प्रतियोगिता सोमबार (आज)बाट काठमाडाैंमा सुरु हुँदैछ । प्रतियोगिताअन्तर्गत पहिलाे दिन चार खेल हुनेछन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशकाे सामना गर्नेछ ।

त्रिवि क्रिकेट मैदानमै दोस्रो खेल नेपाल एपिएफ क्लब र प्रदेश-२ बीच हुनेछ । 

मूलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच पहिलो खेल हुनेछ । 

मूलपानीमै हुने दोस्राे खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशकाे सामना गर्नेछ ।

प्रतियोगितामा सहभागी १० टाेलीलाई दुई समूहमा विभाजन गरिएको छ । 



समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदुरपश्चिम प्रदेश र प्रदेश-१ छन् ।

समूह ‘बी’ मा  नेपाल एपिएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन् ।



प्रत्येक समूहका शीर्ष दुई सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको दुवै सेमिफाइनल माघ ४ र फाइनल माघ ५ गते हुनेछ । 

नेपाल क्रिकेट संघ (क्यान)ले ओमानमा हुने आइसिसी टी-२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै पहिलाेपटक प्रधानमन्त्री कप टी-२० शैलीमा आयोजना गर्न लागेकाे हाे ।

यसअघिका ४ संस्करण एकदिवसीय शैलीमा भएकाे थियाे ।

  • प्रकाशित मिति : पुस २६, २०७८ साेमबार ७:५७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया