logo-img

सरोगेसीबाट आमा बन्दै प्रियंका चोपडा

बलिउड अभिनेत्री प्रियंका चोपडा सरोगेसीका माध्यमबाट आमा बन्न लागेकी छन् । उनले शुक्रबार राति १२ बजे इन्स्टाग्राममा एक पोस्टमार्फत यो जानकारी दिएकी हुन् ।

‘यो कुरा बताउँदा हामी खुसी छौँ कि हामी सरोगेसीका माध्यमबाट आफ्नो जीवनमा एक बच्चालाई स्वागत गरिरहेका छौँ । हामी आफ्नो परिवारका लागि तपाईंसँग सम्मानपूर्वक आग्रह गर्छौं कि यो विशेष समयमा हाम्रो गोपनीयतालाई ध्यान दिनुहोला,’ उनले लेखेकी छन् ।

सरोगेसीका माध्यमबाट छोरा या छोरी के जन्मियो भन्ने केही जानकारी दिएकी छैनन् । पछिल्लो तीन महिनामा प्रियंका सेरोगेसीका माध्यमबाट आमा बन्ने बलिउडकी दोस्रो अभिनेत्री हुनेछिन् । 

यसअघि सन् २०२१ को नोभेम्बर १७ मा प्रीति जिन्टा पनि सेरोगेसीका माध्यमबाट आमा बनेकी थिइन् । उनलाई जुम्ल्याहा सन्तान प्राप्त भएको थियो । 





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १८:२५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया