logo-img

प्रियंकाले फेरिन् नाम

मुम्बई– बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो नाममा पतिको थर थपेकी छिन् । अब इन्स्टाग्राममा प्रियंकाको नामकाे पछाडि ‘जोनस’ थपिएको छ ।

केही दिनअघि प्रियंका र अमेरिकी गायक निक जोनसबीच विवाह भएको थियो । हिन्दु र क्रिस्चिय दुवै परम्पराअनुसार भएको विवाहमा प्रियंकाले लगाएको कपडाले सामाजिक सञ्जालमा व्यापक चर्चा पायो ।

यो चर्चा नसेलाउँदै सामाजिक सञ्जालमा उनले नाम फेरेकोमा चर्चा सुरु भएको छ ।

इन्स्टाग्राममा प्रियंकाले नाम मात्र फेरेकी छैनन्, परिचय लेख्ने ठाउँमा विवाहका तस्बिर र भिडियो भएको लिंक पनि राखेकी छिन् ।

इन्स्टाग्राममा नाम फेरे पनि प्रियंकाले सर्वाधिक चलाउने अर्काे सामाजिक सञ्जाल ट्विटरमा भने नाम यथावत् राखेकी छिन् । 





  • प्रकाशित मिति : मंसिर २०, २०७५ बिहीबार २०:१४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया