नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको गाडी उनकै पार्टी कार्यालयमा युवाहरुले रोकेका छन् ।
आज विहान बालुवाटारमा छलफल गरेर फर्किएपछि पार्टी कार्यालय पुगेका नेपालको गाडी उनका कार्यकर्ताले रोकेका हुन् । उनीहरुले माधवकुमार नेपालको गाडी रोक्दै अमेरिकी सहयोग परियोजना एमसिसी खारेज गर्नु पर्ने माग गरेका छन् ।
माधवकुमार नेपालको गाडी रोकिएपछि युवाहरुले एमसिसी खारेज गर्नै पर्ने नारा लगाएका छन् । माधवकुमार नेपालले यसबारे कुनै प्रतिक्रिया चाहिँ दिएका छैनन् ।
आज विहान मात्र बालुवाटारमा भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको छलफलमा पनि यो विषयमा कुराकानी भएको थियो । तर, यी तीन नेता यो विषयमा निष्कर्षमा पुग्न सकेका छैनन् ।
छलफलमा गठबन्धनलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।