देउवा, प्रचण्ड र नेपाल फेरि भेट्दै

पछिल्लो समय अमेरिकी सहयोग परियोजना एमसिसीबारे सत्तारुढ गठबन्धनमा खटपट देखिएपछि तीन शीर्ष नेताले आफ्नो सक्रियता बढाएका छन् । 

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पछिल्लो समय आफ्नो सक्रियता बढाएका छन् ।

यी तीन नेताले बुधबार विहान मात्र बालुवाटारमा एक घन्टा बढी लामो छलफल गरेका थिए । तर, अब उनीहरु आज साँझ पनि भेट्ने भएका छन् । 

बालुवाटार बैठकपछि पार्टीको कार्यक्रममा पुगेका माधवकुमार नेपाल केही समयमा फेरि बालुवाटार पुग्ने भएका छन् । बालुवाटार स्रोतका अनुसार प्रचण्ड पनि केही समयमा बालुवाटार पुग्दै छन् । 

यी तीन नेताले आज विहानको बैठकमा पनि एमसिसी तथा स्थानीय निर्वाचनबारे छलफल गरेका थिए । एमसिसीबारे कुनै निष्कर्षमा पुग्न नसकेका यी तीन नेताले आज साँझ पनि यही विषयमा छलफल गर्ने अनुमान गरिएको छ । 






  • प्रकाशित मिति : माघ १९, २०७८ बुधबार १५:४३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया