logo-img

फ्ल्यास ब्याक २०७४ : कति चरणमा र कहिले भएको थियो स्थानीय तहको निर्वाचन ?

सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेको छ । यसको विभिन्न दलले स्वागत गरिसकेका छन् । यसअघि स्थानीय तहको निर्वाचन पनि ६ महिनापछि प्रतिनिधिसभाको निर्वाचनसँगै सार्ने कि भन्ने विषयमा समेत छलफल भएको थियो ।

तर, सोमबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहको निर्वाचन ३० वैशाखमा गर्ने निर्णय गरेको हो । 

योसँगै निर्वाचन आयोगले पनि आफ्नो काम सुरु गरिसकेको छ । पाँच वर्षअघि संघीय गणतन्त्र नेपालमा पहिलोपटक स्थानीय तहको निर्वाचन भएको थियो । त्यति बेला स्थानीय तहको निर्वाचन तीन चरणमा गरिएको थियो । 

यसपटक चाहिँ सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।

पाँच वर्षअघि चाहिँ २०७४ साल वैशाख ३१ गते पहिलो चरणको स्थानीय तहको निर्वाचन भएको थियो । बाग्मती, कर्णाली र गण्डकी प्रदेशमा पहिलो चरणमा निर्वाचन भएको थियो । 

२८ असार २०७४ मा दोस्रो चरणको निर्वाचन प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भएको थियो । अनि त्यति बेला स्थानीय तहको तेस्रो चरणको निर्वाचन २ असोजमा मधेश प्रदेशमा भएको थियो ।



२०७४ सालमा भएको स्थानीय तहको निर्वाचन २० वर्षपछि भएको थियो । त्यसलाई त्यसैले पनि निकै महत्त्वका साथ हेरिएको थियो । यसपटक २ असोजमा मधेश प्रदेशमा निर्वाचन भएकाले त्यही समयमा निर्वाचन गर्ने प्रस्ताव सत्तारुढ गठबन्धनमा भएको थियो । तर, स्थानीय निर्वाचन ऐनको दफा ४ को उपदफा ४ मा अलग अलग मितिमा मितिमा सम्पन्न भएको भएको निर्वाचन पहिलो पटक तोकिएको मितिमा सम्पन्न भएको मानिने उल्लेख भएकाले सरकारले ३० वैशाखमा नै निर्वाचनको निर्णय गर्न बाध्य भएको छ । 




  • प्रकाशित मिति : माघ २४, २०७८ साेमबार १८:१३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया