logo-img

बुन्डेस लिगा​मा बायर्नको साँघुरो जित

जर्मन बुन्डेस लिगामा लिग लिडर बायर्न म्युनिखले घरेलु टोली फ्रान्कफुर्टमाथि १–० को साँघुरो जित हात पारेको छ । गएराति ड्यूश बैंक पार्कमा खेलको ७१ औं मिनेटमा लिरोय सानेले गरेको एक मात्र  गोल बायर्नलाई जित दिलाउन पर्याप्त बन्यो ।

उनले जोसुवा किम्मिचको पासलाई  सदुपयोग गरेका थिए । यो जितसँगै २४ खेलमा ५८ अंक जोडेर बायर्न शीर्ष तथा पराजित फ्रान्कफुर्ट समान खेलबाट ३१ अंकका साथ १०औं स्थानमा यथावत छन् ।

लिगअन्तर्गतकै अन्य खेलमा बायर लिभरकुसेन, फ्रेइबर्ग र युनियन बर्लिनले जित हात पार्दा बोरुसिया मोन्चेनग्लाडवाकले उल्फ्सवर्ग तथा ग्रेउथर फुर्थले कोल्नसँग बराबरी खेलेका छन् । 






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ९:२:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया