logo-img

सिरी ‘ए’ मा युभेन्टसको रोमाञ्चक जित

इटालियन सिरी ‘ए’ मा युभेन्टसले रोमाञ्चक जित हात पारेको छ । गएराति स्टेडियो कार्लो क्यास्टेलानीमा भएको खेलमा युभेन्टसले घरेलु टोली इम्पोलीमाथि ३–२ को रोमाञ्चक जित हात पारेको हो ।

युभेन्टसलाई जित दिलाउन डुसान भ्लाहोभिचले दुई र मोइस किनले एक गोल गरे । घरेलु टोलीका लागि जाइमन जुर्कोवस्की र एन्ड्रिया ला मान्टियाले १–१ गोल फर्काए ।

खेलको ३२ औं मिनेटमा किनले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा जुर्कोवस्कीले इम्पोलीलाई १–१ को बराबरीमा ल्याए ।



पहिलो हाफको थप गरिएको समय र ६६ औं मिनेटमा भ्लाहोभिचले गोल गरेपछि युभेन्टस ३–१ ले अघि बढ्यो । ७६ औं मिनेटमा मान्टियाले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त नबन्दा युभेन्टसले ३–२ को रोमाञ्चक जित दर्ता गर्यो ।

यो जितसँगै युभेन्टस २७ खेलमा ५० अंक जोडेर चौथो तथा पराजित इम्पोली समान खेलबाट ३१ अंकका साथ १३ औं स्थानमा यथावत छन् । 






  • प्रकाशित मिति : फागुन १५, २०७८ आइतबार ८:५३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया