logo-img

अर्ली इलेक्सनको सम्भावना छैन : प्रचण्ड

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्ली इलेक्सनको सम्भावना नरहेको बताएका छन् ।

एमालेको अवरोधका कारण ६ महिनादेखि संसद् सहजरूपमा चल्न नसकेका बेला प्रचण्डले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री प्रचण्डले अब नियमित चुनाव मात्र हुने बताए ।

सोमबार बिहान धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘एमालेले दुईपटक संसद् विघटन गर्‍यो । अहिले संसद् चल्न दिएको छैन । अर्ली इलेक्सनबारे भ्रम फैलाइएको छ, त्यो सत्य होइन ।’

प्रचण्डले ३० वैशाखमा स्थानीय तहको चुनाव घोषणा भइसकेको र अब सोहीअनुसार प्रक्रिया अगाडि बढ्ने बताए ।  






  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ९:४५:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया