logo-img

प्रकाश सपूतको गीत पूरै हेर्न पाएको छैन, पक्ष/विपक्ष हुनु स्वभाविक : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रकाश सपुतको गीतलाई लिएर विभिन्न तर्क वितर्क भएकाले यसलाई स्वभाविक रूपमा लिनुपर्ने बताएका छन ।

पार्टीको प्रशिक्षण कार्यक्रमका लागि आज बिहान धनगढी पुगेका उनले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘मैले त्यो पूरै गीत हेर्न पाएको पनि छैन । जनयुद्धलाई संविधानसभामा ल्याउन ठिक थियो कि थिएन?,’ प्रचण्डले प्रश्न गरे । 

उनले अगाडि भनेका छन्, ‘म चाहेँ कतारमा जाँदा होस्, चाहे मलेसियामा जाँदा सयौं सयौंमा जनयुद्धमा सहभागी लडाकुहरू बडो दुःखपूर्ण जीवन बिताएका थिए । मैले जतिलाई भेटेँ उहाँ त्यस्तो दुःख गरेर पनि उहाँहरूले मलाई भन्नुहुन्थ्यो, कमरेड फेरि पनि तपाईंलाई असजिलो पर्‍यो भने भन्नुस् हैँ ? हामी बिग्रिएका छैनौं, विचलित भएका छैनौं । देशको निम्ति, राष्ट्रको निम्ति शान्तिमा आउनै पथ्र्यौं, समावेशीतासँग सबै उत्पीडित वर्गले केही न केही हक अधिकार पाएका छन भनेर गर्व गरेर बसेको पक्ष पनि छ । बर्बाद पार्‍यो माओवादी पार्टीले शान्तिमा ल्याएर भन्ने पनि छन् ।’



जनयुद्धमा महिलाहरूले वीरता र कीर्तिमान कायम गरेको कुराहरू पनि रहेको प्रचण्डले स्मरण गराए । ‘महिलाहरूको हिजो जनयुद्धको बेलामा वीरता र त्यसका कीर्तिमान कायम गरेका कुराहरू पनि छ । राज्यका तर्फबाट गरिएका दमनका पक्ष पनि छन्,’ उनले भने, ‘यो विषय मेरो विचारमा अहिले उत्तेजित कोही हुनुपर्ने छैन । पक्ष/विपक्ष, तर्क वितर्क हुन्छ त्यसलाई स्वभाविक रूपमा लिनुपर्छ । यो हामी गइसकेपछि पनि सयौं वर्षसम्म रहन्छ ।’  






  • प्रकाशित मिति : फागुन ३०, २०७८ साेमबार ९:११:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया