logo-img

वायु सेवा सञ्चालक संघलाई प्राविधिकरणको निर्देशन : हवाई उडान नरोक्नू

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा सञ्चालक संघ नेपाललाई हवाई उडान नरोक्न निर्देशन दिएको छ । वायु सेवा सञ्चालक संघले आज देशैभरि हवाई सेवा बन्द गर्न गरेको घोषणा गैरकानुनी र गैरजिम्मेवारपूर्ण भएको भन्दै बन्द नगरी नियमितरूपमा सञ्चालन गर्न निगमले विज्ञप्ति जारी गर्दै निर्देशन दिएको हो । 

सरकारले जहाज र हेलिकोप्टरले राति काठमाडौंबाहिर तोकिदिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो । सोही निर्णयको विरोधमा संघले सेवा बन्द गर्ने बताएको हो ।

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चाप बढ्दै गएकाले बाहिरका विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो । संघले सरकारले निर्णय गर्दा हवाई कम्पनीहरूसँग छलफल नगरी भविष्यमा आउने समस्याहरूप्रति वेवास्ता गरिएको संघको आरोप छ ।

यता नागरिक उड्डयन प्राधिकरणले भने अचानक उडान बन्द गर्नाले आम नागरिकमा ठूलो असर पर्ने र कानुनमा पनि हवाई उडानमा हड्ताल गर्न निषेध लगाइएको बताउँदै कानुन विपरित यस्तो काम नगर्न निर्देशन दिएको हो । 






  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ७:२२:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया