logo-img

हवाई उडान रोक्ने निर्णयबाट पछि हट्यो वायु सेवा सञ्चालक संघ, ११ बजेदेखि नियमित उडान

वायु सेवा सञ्चालक संघले आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णयबाट ‘ब्याक’ भएको छ । संघ निर्णयबाट पछि हटेसँगै हवाई सेवा कम्पनीहरूले आज बिहान ११ बजेबाट आन्तरिक उडानहरू नियमित हुनेछन् ।

बुद्ध एयरले ट्विट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरू सुचारु हुने जनाएको छ । यती एयरलाइन्सले पनि ट्विट गर्दै अनिश्चितकालका लागि स्थगित भएका सम्पूर्ण उडान नियमित हुने जानकारी दिएको छ ।

श्री एयरलाइन्सका अनिल मानन्धरले पनि आज बिहान ११ बजेदेखि हवाई उडान नियमित हुने जानकारी दिए । वायु सेवा सञ्चालक संघले विभिन्न मागहरू राख्दै बुधबारदेखि अनिश्चितकालका लागि आन्तरिक उडान रोक्ने निर्णय गरेको थियो ।   








  • प्रकाशित मिति : असार ८, २०७९ बुधबार ७:३६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया