logo-img

नवौं राष्ट्रिय खेलकुदः टेनिसमा गण्डकी र प्रदेश १ लाई स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको मेन्स डबल्समा गण्डकीले स्वर्ण पदक जितेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा गण्डकीका प्रदीप खड्का र अनिल शाहीको जोडीले विभागीय टोली त्रिभुवन आर्मी क्लबका प्रनभ खनाल र अकि जुवेन रावतको जोडीलाई  पराजित गर्दै स्वर्ण हात पारेको हो । 

सुपरटाइमा निर्धारण भएको नतिजामा पहिलो सेट गण्डकीकोले ७–५ ले जिते पनि दोश्रो सेट भने ४–६ ले गुमाउन पुग्यो । सुपरटाइमा गण्डकीले १०–८ ले आफ्नो पक्षमा पार्दै स्वर्ण पदक जित्यो । 

त्यस्तै, मिक्स डबलमा प्रदेश १ ले स्वर्ण जितेको छ । युकेश योञ्जन र श्रेया योञ्जनको जोडीले बागमती प्रदेशका प्रदीप खत्री र जर्जिया चौधरीको जोडीलाई ५–२ को सेटमा हराउँदै स्वर्ण जितेका हुन् ।

यो स्पार्धामा नेपाल पुलिसका कमल भण्डारी र विष्णा भण्डारी साथै एपिएफका हरकसिंह धामी र भगवती विकको जोडीले कास्य पदक प्राप्त गरे । 





  • प्रकाशित मिति : कात्तिक २, २०७९ बुधबार ११:३३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया