logo-img

नवौं राष्ट्रिय खेलकुदको समापन आज

गण्डकी प्रदेशमा जारी नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज सम्पन्न हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा आज विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको समापन गरिनेछ ।

‘एकताबद्द देश, खेलकुदको सन्देश’ भन्ने नाराको साथ आयोजना भएको नवौं राष्ट्रिय खेलकुदको समापानमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति रहनेछ । प्रतियाेगिताकाे उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गरेका थिए ।

समापनमा १०औं संस्करणको राष्ट्रिय खेलकुद आयोजक कर्णाली प्रदेशलाई झण्डा हस्तान्तरण गरिनेछ । १०औं   राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा आयोजना हुनेछ । यस्तै,समापनमा प्रतियाेगिताकाे विजेता टोलीलाई ट्रफी प्रदान गरिनेछ । राष्ट्रिय खेलकुदमा विजेताका लागि पहिलाेपटक ट्रफी बनाइएकाे हाे ।

प्रतियाेगिताकाे  समापनमा सहभागी  ११ टाेलीले मार्चपास गर्नेछन् ।त्यसबाहेक झाँकी, नृत्य, गायन लगायत आतिसबाजी गरिनेछ । २८ असाेजबाट सुरू प्रतियाेगितामा १,६१५७ खेलाडीले ३६ खेलका ४०४ स्वर्णका लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

यसपटक तीन विभागीय टाेली,७ प्रदेश र एनआरएनए गरी ११ टाेलीले सहभागीता जनाएका छन् । प्रतियाेगिताकाे अन्तिम दिन एथलेटिक्स,भलिबल, कबड्डी, फुटलबल लगायत केही खेलका प्रतिस्पर्धा हुनेछ । 





  • प्रकाशित मिति : कात्तिक ३, २०७९ बिहीबार ८:३८:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया