logo-img

देउवाले पनि भने– चुनाव पछि गठबन्धनकै सरकार बन्छ

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने बताएका छन् । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतले यस्तो बताइसकेका थिए । तर, देउवाले यो विषयलाई प्राथमिकतामा राखेका थिएनन् ।

देउवाले डडेल्धुराको अजयमेरु गाउँपालिकामा आयोजित चुनावी सभामा यस्तो बताएका हुन् ।

उनले नेपालको भूमि कुटनीतिक र वार्ताको माध्यमबाट फिर्ता ल्याएरै छाड्ने पनि बताएका छन् ।

यसअघि उनले यो विषयमा ओलीको आलोचना गरेका थिए ।

 






  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार २२:३५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया