logo-img

शेरबहादुर देउवा कांग्रेसकाे मात्र नभएर राष्ट्रको नेता : खगराज भट्ट

माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे 'लभ परिसकेको' बताएका छन् । शनिबार डडेलधुराको अजेयमरु गाउँपालिकामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै नेता भट्टले प्रचण्ड र देउवाको सम्बन्ध कसिलाे बनेकाे बताएका हुन् ।

डडेलधुरा प्रदेश (क)मा सत्ता गठबन्धनका उम्मेदवार उनले भने– ‘प्रचण्ड र देउवाको लभ परिसक्यो । देउवाको टिमलाई जिताएर पठाउनु भएको भने डडेल्धुराको मुहार फेरिनेछ ।’ 

शेरबहादुर देउवा कांग्रेसकाे मात्र नभएर राष्ट्रको नेता भएकाे भन्दै उनले भने, 'देउवा यो देशका अपरिहार्य हुनु भएको छ, म जन्मेको अजयमेरुले उहाँलाई ८० प्रतिशत मत जानेछ । म यहाँको उम्मेदवार होइन, तर यहाँ खगराजको अनुहार हेरेर गोविन्द बोहरालाई मत दिनुहोला ।’



कार्यक्रममा कांग्रेस नेता नैनसिंह महरले एमालेलेको नेतृत्वले सुदूरपश्चिममा आएर झुटाका पुलिन्दा सुनाइराखेको बताए । प्रधानमन्त्री देउवा र कांग्रेसले झुटो नबोलेको दाबी गर्दै उनले डडेल्धुरामा विपक्षी गठबन्धनको गोलकिपर पनि नभएको बताए । 

निर्वाचनमा विजय भएपछि डडेलधुराको शिक्षा, स्वास्थ्य, रोजगारी, सडक विस्तार गरिनेमा जोड दिँदै महरले प्रधानमन्त्री देउवाको अन्तिम कार्यकालमा यी सबै काम गर्न आफूहरु प्रतिबद्ध रहेको बताए ।






  • प्रकाशित मिति : कात्तिक १९, २०७९ शनिबार १६:१६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया