logo-img

इलाम–२ मतगणना : सुहाङ एक हजार एक मतले अगाडि

इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर फराकिलो बनाएका छन् । आइतबार दिउँसो १२ बजेबाट जारी मतगणनामा अहिले फाकफोकथुम गाउँपालिकाको मतगणना जारी छ । 

सुरुवाती २ वडामा कांग्रेसका डम्बरबहादुर खड्काले अग्रता बनाएको भए पनि वडा नम्बर ३ र ४ को मतगणनापछि एमालेका नेम्वाङ अघि लागेका हुन् । 

ताजा अवस्थामा एमाले उम्मेदवार सुहाङ एक हजार एक मतले अघि लागेका छन् । हालसम्मको मतगणनामा सुहाङले ३ हजार ७८३ मत पाएका छन् भने खड्काले २ हजार ७८२ मत पाएका छन्।

यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ७८४ मत प्राप्त गर्दा रास्वपा उम्मेदवार मिलन लिम्बूले ५६१ मत प्राप्त गरेका छन्।
 





  • प्रकाशित मिति : वैशाख १६, २०८१ आइतबार २१:२८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया