logo-img

वर्षमान पुनलाई दोब्बर मतको अग्रता

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन रोल्पाबाट दोब्बर मतले अग्रता लिएका छन् । कुल मत १० हजार ९७३ मत गणना हुँदा उनले ६ हजार ७६८ मत ल्याएका छन् । 

सत्ता गठबन्धनका साझा उम्मेदवार पुनले अग्रता लिइरहँदा एमालेका पूर्णबहादुर बुढामगरले २ हजार ६०१ मत ल्याएका छन् भने राप्रपाका लिला राउतले ४६६ मत पाएका छन् ।

प्रदेशसभा १ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता जोखबहादुर महराले ५ हजार ८९० र एमालेका कमलबहादुर बुढाथोकीले २ हजार २०४ मत पाएका छन् ।  राप्रपाका पदमबहादुर थापाले भने ६८२ मत मात्रै पाएका छन् । 

प्रदेश सभा २ बाट सत्ता गठबन्धनबाट कांग्रेसका अमरसिंह पुनले २ हजार ८८१ मत एमालेका प्रेमबहादुर घर्तीले १ हजार ९६८ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुनले ३ हजार ४९७ मत ल्याएका छन् । उनी  माओवादी रोल्पा जिल्ला इन्चार्जबाट राजीनामा दिएर स्वतन्त्र लडेका हुन् ।  





  • प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार १५:४७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया