logo-img

इलाम २ को मतगणना सुचारु गर्न प्रमुख आयुक्तको निर्देशन

इलाम क्षेत्र नम्बर २ को बाँकी मतगणना सुचारु गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्देशन दिएका छन् । इलामका मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहाललाई टेलिफोनमार्फत थपलियाले सो निर्देशन दिएका हुन् ।

मतगणनाको अन्तिम समयमा विवाद उत्पन्न भएपछि शनिबार साँझदेखि मतगणना रोकिएको थियो । एमाले र कांग्रेसबीच विवाद उत्पन्न भएपछि मुख्य निर्वाचन अधिकृत  दाहालले मतगणना​ स्थगन गरेका थिए । 

कांग्रेसका कार्यकर्ताले मतदान अधिकृतको हस्ताक्षर नभएको ४० मतपत्र भेटिएको दाबी गर्दै मतगणना बहिष्कार गरेका थिए । एमालेका कार्यकर्ताले भने सुवास नेम्वाङ ३७ मतले विजय भएको दाबी गरेका छन् ।





  • प्रकाशित मिति : मंसिर १०, २०७९ शनिबार २१:५२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया