logo-img

प्रधानमन्त्री देउवासँग सिके राउतकाे भेटवार्ता,सरकारमा जान सकारात्मक

जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । राउतले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासहित कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र अर्का नेता विमलेन्द्र निधिसँग भेटवार्ता गरेका हुन् । 

भेटमा प्रधानमन्त्री देउवाले राउतलाई सरकारमा सहभागी हुन प्रस्ताव गरेका थिए । देउवाकाे प्रस्तावमा राउतले सरकारमा जान आफू सकारात्मक रहेको बताएकाे स्रोतले बताएको छ। 

उनीहरूबीच संघ र प्रदेशमा समेत सहकार्य गरेर अघि बढ्ने विषायमा छलफल भएकाे थियाे । राउतले सरकारमा जान आफूले विकल्प खुला राखेको बताएका थिए।

राउतले सप्तरी २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए । समानुपातिकमा थ्रेस होल्ड कटाएपछि उनकाे पार्टीले प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा ५ सिट पाउनेछ। 

राउतले यसअघि बुधबार कांग्रेस नेता विमलेन्द्र निधिसँग भेटवार्ता गरेका थिए । बुधबार निधिकै पहलमा राउत र प्रधानमन्त्रीबीच भेटवार्ता भएको हो।





  • प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार १८:३३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया