logo-img

मैथिली भाषालाई प्राथमिकता दिन माग गर्दै रेल्वे कम्पनीलाई ज्ञापनपत्र

मैथिली साहित्यकार सभाले तीनबुँदे मागसहित नेपाल रेल्वे कम्पनीलाई ज्ञापनपत्र बुझाएको छ । 

शनिबार नेपाल रेल्वे कम्पनी लिमिटेडको जनकपुरधामस्थित केन्द्रीय कार्यालयमा मैथिली साहित्यकार सभाद्वारा ज्ञापनपत्र बुझाइएको हो । 

सभाका सभापाल प्रेम विदेह ललनले प्रत्येक स्टेसनको नाम मिथिलाक्षरमा लेख्नुपर्ने, स्टेसन र रेलमा लिखित सूचना मैथिली भाषामा पनि लेख्नुपर्ने तथा मैथिलीमा समेत सूचना प्रसारण गर्नुपर्नेलगायतका तीनबुँदे माग प्रस्तुत गरेका छन् । 

सभापाल ललन एवं कार्यपाल अरविन्द कुमार यादवद्वारा हस्ताक्षरित ज्ञापनपत्र प्रेम विदेह र मनोज प्रेमेशले संयुक्त रूपमा प्रबन्धक झालाई हस्तान्तरण गरेका थिए । 

ज्ञापनपत्र बुझ्दै नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्धक झाले स्थानीय भाषालाई प्राथमिकता दिनुपर्ने नेपाल सरकारको नीति रहेकोले आफूले पनि त्यसअनुरुप काम गर्ने बताए । 

उनले मैथिली साहित्यकार सभाले बुझाएको ज्ञापनपत्रमाथि आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यसलाई सकारात्मक रुपले लिएकोले यसमाथि यथाशीघ्र पहल गर्ने आश्वासनसमेत दिए । 



यसअघि २०७६ सालमा रेल तथा मेट्रो विकास आयोजना साइट कार्यालय (जनकपुरधाम), रेल विभाग (ज्ञानेश्वर) तथा भौतिक पूर्वाधार यातायात मन्त्रालय (सिंहदरबार)मासमेत मैथिली साहित्यकार सभाद्वारा ज्ञापनपत्र पठाइएको थियो ।



  • प्रकाशित मिति : मंसिर १७, २०७९ शनिबार १८:२४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया