logo-img

कान्तिपुर अध्यक्ष सिरोहिया र अन्नपूर्णका प्रकाशक थापालगायतसँग सर्वोच्चले माग्याे लिखित जवाफ

सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया, अन्नपूर्ण पोस्टका प्रकाशक रामेश्वर थापालगायत सात जनासँग विवादित टेप प्रकरणबारे जवाफ माग गरेकाे छ । 

युट्युब च्यानल 'सिधाकुरा'लाई विवादित टेप उपलब्ध गराउने राजकुमार तिमिल्सिनाकाे आधारमा सर्वाेच्चले उनीहरूसँग जवाफ माग गरेकाे हाे ।
न्यायाधीशद्वय हरि फुयाँल र महेश शर्मा पौडेलको इजलासले यस्ताे आदेश गरेकाे हाे । 

अदालतले थापा र सिरोहियाका अलवा वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती, अधिवक्ता किशोरकुमार विष्ट, अन्नपूर्ण पोस्टका पत्रकार सुरेन्द्र काफ्ले, तत्कालीन प्रहरी उपरीक्षक सञ्जय थापा र किशोर विष्ट र अर्का एक व्यक्तिलाई एक हप्ताभित्र बयानका लागि अदालतमा उपस्थित गराउने आदेश गरेको हो। उनीहरूलाई घटनाबारे सात दिनभित्र लिखित भनाइ राख्न पनि अदालतले भनेको छ। 

उक्त मुद्दालाई अग्राधिकार दिएर जेठ ४ गते पेसीमा चढाउन पनि इजलासबाटै आदेश भएको छ। 





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १९:१३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया