logo-img

स्याङ्जामा मृतकको नामबाट मतदान गरेको विषय हल्ला मात्रै : प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले धेरै मत बदर हुँदा आयोग नै अपमानित भएको बताएका छन्।

शनिबार प्रदेशसभामा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त थपलियाले समानुपातिक निर्वाचनमा एउटै मतपत्रमा धेरै चुनाव चिह्नमा मतदाताले मत हाल्दा धेरै मत बदर भएकाले निर्वाचन आयोग नै अपमानित तथा लज्जित भएको बताए । 

शनिबार विराटनगर पुगेर उनले मत बदरको अवस्था हेर्दा अयोगले अपेक्षा गरेको अनुरुपको अवस्था नभएको बताए।

उनले निर्वाचन आयोगले निष्पक्ष रुपमा निर्वाचनगरेका कारण कुनै पनि क्षेत्रमा पुनः निर्वाचन र पुन मतगणना गर्नुपर्ने अवस्था नरहेको समेत बताए। 

स्याङ्जामा मरेका मान्छेको नामबाट पनि मतदान भएको प्रसंगमा उनले स्याङ्जामा मृतकको नामबाट मतदान गरेको विषय हल्ला मात्रै भएको बताए।





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार १७:२२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया