logo-img

हिमालय रोडका सबै काम एक महिनाभित्र सकेर सञ्चालनमा ल्याउने तयारी

विराटनगरमा रहेको हिमालय रोडको सबै संरचना निर्माण सम्पन्न गरेर महिनाभित्र सञ्चालनमा ल्याइने भएको छ । सिक्किमको एमजी रोडको नमुनाका रूपमा विराटनगरमा सो रोडमा विभिन्न संरचना निर्माण सुरु गरिएको थियो । 

ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि निर्माणले गति लिन सकेको थिएन । महानगरका मेयर नागेश कोइरालाले ठेकेदारलाई बोलाएर निर्माणलाई गति दिन निर्देशन दिएका थिए । मेयरको निर्देशनपछि हाल बत्ती जडान, फाउन्टेन निर्माण, टायल बिछ्याउनेलगायतको सौन्दर्यीकरणको काम तीव्र रूपमा भइरहेको छ । 

सो सडकको संरचना बिगारेको भन्दै केही स्थानीय अझै पनि विरोध गर्दै आएका छन् । यो सडकलाई एमजी रोडकै नमुनामा बनाउनु हुने र नहुने पक्ष–विपक्षमा स्थानीयसमेत विभाजित भएका छन् । तर, महानगरको ठूलो लगानी भइसकेकाले बनाउनुको विकल्प नभएको मेयर कोइरालाले बताए । 

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले एक महिनाभित्र सबै काम नसके ठेकेदारलाई कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनी दिए । बिहीबार पनि प्रमुख प्रशासकीय अधिकृत कोइराला र प्राविधिकसहितको टोलीले निर्माणको अवस्थाका विषयमा अनुगमन गरेको थियो ।  





  • प्रकाशित मिति : पुस ९, २०७९ शनिबार ११:५८:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया