logo-img

फुटबलका जादूगर पेलेको निधन

ब्राजिलका महान फुटबलर पेलेको निधन भएको छ । ८२ वर्षका पेले केही समय यता मिर्गौला र प्रोस्टेटको उपचार गराइरहेका थिए ।

उनको केही घन्टा अगाडि ब्राजिलको एक अस्पतालमा निधन भएको हो । साओ पाओलोको आइन्स्टिाइन अस्पतालमा उनको उपचार चलिरहेको थियो ।

२१ वर्ष लामो फुबटल करिअरमा १३६३ खेल खेलेका पेले १२८१ गेल गरेर विश्व रेकर्ड आफ्नो नाममा दर्ज गरेका थिए । 

उनी अहिलेसम्म एक मात्र खेलाडी हुन् जसले तीन पटक विश्वकपको ट्रफी उचालेका छन् । सन् १९५८, १९६२ र १९७० मा विश्वकप जित्दा उनी ब्राजिलको टिममा खोलडी थिए । 

सन् २००० मा उनलाई फिफा प्लेयर अफ द सेन्चुरीको सम्मान दिइएको थियो ।






  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार ५:२६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया