logo-img

प्रमुख आयुक्त थपलिया भन्छन् - निर्वाचनले लोकतन्त्रलाई संस्थागत गराएको छ
फाइल तस्बिर

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनले जनप्रतिनिधि छनोटका साथै लोकतान्त्रिक संघीय गणतन्त्रलाई संस्थागत गराउन योगदान दिएको बताएका छन् । 

गत मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रदेशगत समीक्षा कार्यक्रमको आज बागमती प्रदेशको दोलखामा आयोजित कार्यक्रमको शुभारम्भ गर्दै उनले समीक्षाका आधारमा आगामी दिनमा निर्वाचनलाई कसरी थप व्यवस्थित गराउन सकिन्छ भन्ने मार्गदर्शन गर्ने बताए । 

निर्वाचन निष्ठा, सिद्धान्त र विचारका आधारमा जितिने भएकाले कुनै पनि पक्षबाट हुने कानुनविपरीतका हर्कतलाई कसैले पनि समर्थन गर्न नसक्ने उनको भनाई छ । कार्यक्रममा आयोगका उपसचिव कमल ज्ञवालीले यसपटकको निर्वाचनमा भएका आँकडा, असल अभ्यास, समस्या र चुनौतीसहितको प्रस्तुतिकरण गरेका थिए ।  





  • प्रकाशित मिति : पुस २४, २०७९ आइतबार ११:६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया