चेल्सीलाई हराउँदै म्यानचेस्टर सिटी एफए कप फुटबलको चौथो चरणमा पुगेको छ । गएराति सम्पन्न खेलमा चेल्सीलाई ४–० ले हराउँदै सिटी चौथो चरणमा पुगेको हो ।
सिटीको जितमा रियाद महरेजले दुई, जुलियन अल्भारेज र फिल फोडेनले एक/एक गोल गरे । २८ औं मिनेटमा महरेजले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
३० औं मिनेटमा अल्भारेजले पेनाल्टीबाट गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको ३८ औं मिनेटमा फोडेनले गोल गर्दै सिटीले ३–० को अग्रता लियो ।
खेलको ८५ औं मिनेटमा महरेजले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–० को फराकिलो जित दिलाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।