logo-img

विराटनगरमा केवल र नेटको तार व्यवस्थापन सुरू

विराटनगर महानगरपालिकाको निर्देशनपछि केवल तथा नेट प्रदायक कम्पनीहरूले जथाभाबी लत्रिएका तारको व्यवस्थापन गर्न सुरू गरेका छन् । विराटनगरस्थित हिमालय रोडबाट तारको व्यवस्थापन सुरु गरिएको इन्जिनियर अनिल सिंहले जानकारी दिए । 

गत सोमबार महानगरले मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा सम्बन्धित कम्पनीका प्रतिनिधिलाई राखेर बैठक राखेको थियो । सोही बैठकले पुस २८ गते बिहीबारदेखि सहरको सौन्दर्यतामा ह्रास आउने गरी लत्रिएका तारको व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

इन्टरनेटका विभिन्न कम्पनीले आफ्नो तार व्यवस्थित गर्न सुरु गरेका हुन् । महानगरले तार व्यवस्थापनको सहजीकरण गर्न इन्जिनियर सिंहलाई जिम्मेवारी तोकेको थियो । चिसो मौसम भएका कारण तार व्यवस्थापनमा समय लाग्ने देखिएको उनले बताए । 

महानगरले केवल र नेट प्रदायक कम्पनीका प्रतिनिधिलाई बोलाएर दुई पटक बैठक राखेपछि तार व्यवस्थापनको काम अगाडि बढेको छ । यसअघि गत असोज १३ गते पनि महानगरले बैठक राखेर केवल तथा नेट व्यवसायीलाई तार व्यवस्थापन गर्न निर्देशन दिइएको थियो ।  





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार ११:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया