logo-img

एमालेका देवराज घिमिरेले गरे सभामुखमा उम्मेदवारी दर्ता

नेकपा एमालेका सांसद देवराज घिमिरेले सभामुखमा मनोनयन दर्ता गराएका छन् । संघीय संसद सचिवालयमा बुधबार  उनले सभामुखमा मनोनयन दर्ता गराएका हुन् ।

उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका सुवासचन्द्र नेम्वाङ र समर्थकमा हितराज पाण्डे, रवि लामिछाने र राजेन्द्र लिङ्देन रहेका छन् ।

नेपाली कांग्रेसले पनि सभामुखमा उम्मेदवारी दिने भएको छ । बुधबार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको कांग्रेस पदाधिकारीहरुको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेपनि उम्मेदवार भने टुंगो लागेको छैन ।

उम्मेदवार तय गर्नको लागि प्रतिपक्षमा रहेका दलहरूसँगसमेत परामर्श भइरहेको बताइएको छ । सभामुख चयनको लागि बिहीबार मतदान हुनेछ भने मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ ।  





  • प्रकाशित मिति : माघ ४, २०७९ बुधबार १३:१३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया