logo-img

प्रधानमन्त्री प्रचण्डले गरे सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कैलालीको धनगढी पुगेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, मुख्य सचिव शंकरदाश बैरागीलगायत पनि धनगढी पुगेर सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवलोकन गरेका छन् ।  

सरकारले आइतबार मात्रै विश्वविद्यालय बनाउने निर्णय गरेको थियो । सञ्चालनको प्रारुपमा अन्योलता हुँदा संरचना निर्माण भएर पनि मेडिकल कलेज सञ्चालन हुन सकेको थिएन । प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्ड सोमबार पहिलो पटक सुदूरपश्चिम प्रदेश पुगेका हुन् ।

कैलालीमा प्रधानमन्त्रीले गेटामा रहेको मेडिकल कलेजको निरीक्षण, महेन्द्रनगरमा सुख्खा बन्दरगाहको निरीक्षण, कैलाली महोत्सवको उद्घाटन तथा माओवादी केन्द्र जिल्ला कमिटीले आयोजना गरेको जनयुद्ध दिवसको कार्यक्रममा सहभागी हुने भएका छन् । 


 





  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार १२:३९:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया