logo-img

जनमोर्चाले चितवन–२ मा उम्मेदवारी दिने, रवि र रास्वपामाथि गम्भीर आरोप

राष्ट्रिय जनमोर्चाले आगामी १० वैशाखमा हुने चितवन–२ को उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ । 

जनमोर्चाले चितवन–२ मा उम्मेदवारी दिने, रवि र रास्वपामाथि गम्भीर आरोपमंगलबार पार्टी अध्यक्ष चित्रबहादुर केसीको अध्यक्षतामा बसेको संसदीय बोर्डको बैठकले चितवन– २  बाट उपनिर्वाचनमा भाग लिने निर्णय गरेको हो । 

सो निर्वाचन क्षेत्रबाट रास्वपाका रवि लामिछानेले चुनाव लड्ने तयारी गरिरहेको बेला जनमोर्चाले नेपालको उनको उम्मेदवारीविरुद्ध उम्मेदवारी दिने निर्णय लिएको हो । 

‘बढ्दो अमेरिकी साम्राज्यवादको प्रभाव, इसाईकरण तथा पश्चिमाहरूको स्वार्थपूर्तिका लागि नेपालमा खोलिएको ‘स्वतन्त्र पार्टी’को भूमिकालाई भण्डाफोर गर्नका लागि उपनिर्वाचनलाई संघर्षको महत्वपूर्ण मञ्चको रूपमा अगाडि बढाउने निर्णय गरेको छ’, बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । 

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष ज्ञापनपत्र बुझाउन जाँदा पनि जनमोर्चाले लामिछानेलाई गृहमन्त्रीमा नियुक्त नगरेर देशको सार्वभौमसत्ता र अखण्डता जोगाएको भन्दै जनमोर्चाले धन्यवाद ज्ञापन गरेको थियो । 

लामिछानेको गृहमन्त्रीमा पुर्नबहाली हुन नसकेको खुसी व्यक्त गर्दै आएको जनमोर्चाले उनको विरुद्धमा उम्मेदवारी दिने निर्णय गरेको हो । जनमोर्चाको सो निर्णयसँगै औपचारिक रुपमा चितवन– २मा उम्मेदवारी दिने पहिलो राजनीतिक दल पनि भएको छ । 



चितवन– २मा उम्मेदवारी दिने निर्णय लिए पनि सो पार्टीबाटको उम्मेदवार हुने त्यो भने जनमोर्चाले सार्वजनिक गरेको छैन । 



  • प्रकाशित मिति : फागुन ९, २०७९ मंगलबार २१:६:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया