logo-img

पशुपति धर्मशालामा बनाएको अवैध संरचना हटाउन काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं महानगरपालिकाले पशुपति धर्मशालामा बनाएको अवैध संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ। 

पशुपति विकास कोषले हिजो (बुधबार) अनधिकृत संरचना हटाउन सहयोग माग्दै महानगरमा पत्र पठाएको थियो। सोहीबमोजिम महानगरपालिकाले माडवारी समाजलाई यस्तो अल्टिमेटम दिएको हो ।

बिहीबार महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नेतृत्वको टोलीले माडवारी समाजलाई गौशालास्थित धर्मशालामा बनाएको अवैध संरचना हटाउन मौखिक रूपमा २४ घण्टे अल्टिमेटम दिएका हुन् । 

पशुपतिपरिसरमा एक रोपनी जग्गा भोगचलनको सम्झौता भए पनि माडवारी समाजले १० रोपनी भोगचलन गर्दै आएको छ । जसको बहाल स्वरूप माडवारी समाजले विकास कोषलाई वार्षिक ५० हजार दिँदै आएको छ।’

वडाध्यक्ष आशामान श्रेष्ठका अनुसार ती संरचनामा चलिरहेका कुनै पनि व्यवसाय वडामा दर्ता भएका छैनन्। वडाले  माडवारी समाजलाई केही प्रमाण भए पेस गर्न २४ घण्टाको समय दिएको छ । 





  • प्रकाशित मिति : फागुन १८, २०७९ बिहीबार २०:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया