logo-img

चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति अन्तिम १६ को दोस्रो लेगमा डर्टमण्डलाई २–० ले हराउँदै चेल्सी समग्रमा २–१ को नतिजाका साथसहित  क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
 
घरेलु मैदान स्टामफोर्डब्रिजमा रहेको खेलमा चेल्सीलाई जित दिलाउन रहिम स्टर्लिङ र काइ हभार्ट्जले गोल गरे । ४३ औं मिनेटमा स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए । 

दोस्रो हाफमा हभार्ट्सले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई पुनरागमन जित दिलाउन भूमिका खेले । डिबक्सभित्र ह्याडबलमा चेल्सीले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । 

डर्टमण्डले घरेलु मैदानमा भएको पहिलो लेगमा १–० को अग्रता लिएको थियो । अर्को खेलमा पोर्चुगिज कलब बेन्फिाकाले दोस्रो लेगको खेलमा बेल्जियमको क्लब ब्रुग्सलाई ५–१ ले हरायो । 





  • प्रकाशित मिति : फागुन २४, २०७९ बुधबार ८:२१:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया