logo-img

नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट लेख्न मिल्ने

अब सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेख्न मिल्ने भएको छ । लामो समयदेखि नेपाली भाषा बचाउ अभियन्ता तथा भाषाका जानकारहरूले सरकारले अंग्रेजीमा इम्बोस्ड नम्बर प्लेट राख्न अनिवार्य गरेको भन्दै विरोध जनाउँदै आएका थिए । 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अब नेपालीमा लेख्न पाइने निर्णय गरेको छ । अब सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको हो । बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ अनुसार निर्णय गरेको हो ।  





  • प्रकाशित मिति : चैत २२, २०७९ बुधबार ११:१४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया