logo-img

'प्रसाद-२'लाई प्रदर्शनको बाटो खुल्याे

लेनदेन विवादका कारण प्रदर्शन रोकिएको फिल्म 'प्रसाद-२'लाई प्रदर्शनको बाटो खुलेको छ । चैत २४ गते रिलिज मिति तोकिए पनि अदालतले तत्काल प्रदर्शन नगर्न अल्पकालीन आदेश दिएपछि साे मितिमा फिल्म रिलिज हुन पाएन । 

उच्च अदालत पाटनले फिल्मको प्रदर्शन रोक्न गत चैत २० गते अन्तरिम आदेश दिएको थियो । निर्माता केशव पाण्डेकाे निवेदनपछि फिल्मको उच्च अदालतले प्रदर्शन रोक्न आदेश दिएको हाे । 

साेमबार उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र विमल सुवेदीको संयुक्त इजलासले यसअघिको अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि फिल्म प्रदर्शनको बाटो खुलेको हो ।

निर्माता पाण्डेले ९० प्रतिशत स्वामित्व रहेको फिल्म आफ्नो अनुमति बिना नै प्रदर्शन गर्न लागेको भन्दै अदालतमा निवेदन दिएका थिए ।

तर अदालतले 'प्रसाद-२' निर्माण गर्ने इजाजत निवेदक केशव पाण्डेले पाएको नभई सुलभ थापा प्रोडक्सनले पाएकाले निवेदक र निर्माता कम्पनीबीच भएको असार २७ गते भएको सम्झौताका सम्बन्धमा अन्य कानुनी उपचार अपनाउन सकिने आदेश दिएकाे छ ।





  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार १९:१७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया