logo-img

उपत्यकाका भूमिहीन नेवारलाई विगतमा राज्यले देखेन, तिनलाई लालपुर्जा दिने मेरो लक्ष्य छ : मन्त्री श्रेष्ठ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले सबै भूमिहीनलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी गरेकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नै पालामा सबै भूमिहीनलाई लालपुर्जा दिने लक्ष्य लिएको बताएकी हुन् । 

काठमाडौं उपत्यकाका नेवारहरु पनि भूमिहीन रहेको विगतमा राज्यले नदेखेको भन्दै मन्त्री श्रेष्ठले अब आफूले उनीहरुलाई पनि लालपुर्जा प्रदान गर्ने आश्वासन दिइन् । सहकारीबाट सर्वसाधारणलाई ठगिन नदिनका लागि र त्यसलाई जनताप्रति उत्तरदायी बनाउनका लागि तत्काल विज्ञ सम्मिलित कार्यदल बनाएर काम गर्ने उनले घोषणा पनि गरिन् । 

मन्त्री श्रेष्ठले भनिन्, ‘उपत्यकाका मूलबासी लाखौं नेवार लालपुर्जाविहीन छन् । पुर्खाकै पालादेखि बसोबास गर्दै आएकाहले लालपूर्जा पाउनैपर्छ । काठमाडौंको नेवारलाई किन भूमिहीन देखेन राज्यले ? प्रश्न भने गम्भीर छ । त्यसैले उपत्यका नेवारहरुलाई लालपुर्जा प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ ।’

मन्त्री श्रेष्ठले काठमाडौं, ललितपुर र भक्तपुरमा देखिएको गुठी समस्या समाधानका लागि छिट्टै कार्यविधि बनाएर पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गरिन् । 





  • प्रकाशित मिति : वैशाख ५, २०८० मंगलबार १५:५६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया